phone

हामीलाई कल गर्नुहोस्

०१-५२१११६७

phone

खुल्ने समय :

आइतबार- शुक्रबार (१०-५ बजे)

हाम्रो वारेमा img

हाम्रो वारेमा

सहकारी ऐन २०४८  को दर्ता र बमोजिम, डिभिजन सहकारी कार्यालय, भक्तपुर मिति २०४८ साल साउन १६ गते बंगलामुखी बचत तथा ऋण सहकारी संस्था लि. को दर्ता भएको हो । यस संस्था २०६४ साल देखि शेयरधनीसंग नयाँ नयाँ कार्यक्रम र सेवा लिएर सदस्यहरुलाई सन्तुस्टी  बनाउन सक्षम भएको छ । संस्थाले सदस्यहरको स साना पुजीलाई एकत्रित गरी त्यसलाई सदस्यहरु विच नै लगानि गरी सदस्यको आर्थिक अभाव, बेरोजारी हटाउदै समाजमा स्वस्थ प्रतिस्पर्धा कारोवार संचालन गने उपदेश रहेको छ । यस संस्थाले यसै कारण पनि छोटो अवधिमा संस्थाको आफनै भवन बनाउन सक्षम भएको छ |  यस संस्था युवा वर्ग द्वारा पर्बदन गरिएको सहकारी संस्था हो ।

लक्ष्य

शेयर सदस्यहरुबाट संचालित स-साना पुंजीलाई लगानी गर्ने वातावरण बनाउन युवा सदस्यहरूलाई बेरोजगार हुनबाट रोक्ने र संस्थाबाट सस्तो ब्याजदरमा आम लगानी गरी सदस्यहरुको साबिक सुधार गर्ने लक्ष्य राखेको छ ।

उदेश्य

स्थानीय आन्तरीक स्रोत र साधनको अधिकतम प्रयोग तथा व्यवस्थित परिचालन सहित भौतिक एवम मानवीय अति आवश्यक या पुर्वधारहरु विकास गरी सामाजिक, आर्थिक न्याय एवम् एकता ।

दृष्टिकोण

  • नियमित रूपमा सदस्यहरूबाट बचत गर्नुका साथै उनीहरूले गरेको बचतमा प्रतिस्पर्धात्मक दरमा ब्याज दिने । उत्पादनशील आयमुलक,सीपमुलक उदेश्यका लागी छिटो सजिलो रूपमा ऋण प्रदान गर्ने ।
  • सहकारी सहकारी बिच अन्तर सम्बन्ध र सहयोग स्थापित मा जोड दिने ।
  • शेयर सदस्य महानुभावहरुलाई छिटो छरीतो ढंगले सेवाहरु प्रदान गर्ने ।
  • शेयर सदस्यहरुलाई आय-आर्जन क्षमता वृद्धि गर्नका लागि आवश्यक सर, सल्लाह सुभाव उपलब्ध गराउन ।
  • समाजमा कमजोर वर्ग र निम्न आय भएको व्यक्ति वा समुहको आर्थिक सामाजिक उत्थानमा सहयोग पुयाउने ।
  • लामो अवधि सम्म प्रति ।।। आउने खालका लगानी निम्ति योजना तथा रणनिति तयार पार्ने ।

आबद्ध  संस्था

राष्ट्रिय सहकारी बैंक लिमिटेड

भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ संस्था लिमिटेड

नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ लिमिटेड (NEFSCUN)

जिल्ला सहकारी संघ लि.

संस्थागत विकास परियोजना

यस संस्थाले दिर्धकालीन विकासको लागी भविष्यमा आफनो शेयर सदस्य महानुभाहरुलाई सुविधा सम्पन्न मेट्रोपोलिक्लिनीक, मिनि मार्ट, Child care creater, schools, college का सार्थ कृषि क्षेत्रमा लगानी गर्ने लक्ष्य राखेको छ।

शेयर पुँजी

संस्थाको शेयर पुँजी रु. १०० का दरले ५००००० अक्षेरेपी पाँच लाख कित्ता वा रु. ५००,००,००० अक्षरेपी पांच करोड रहने छ । जारी शेयर पुजीमा परिणत गरी शेयर पुँजी वृद्धि गर्दै लैजाने संस्थाको नीति रहेको छ ।

विशेषताहरु

  • कर्जा लगानी र वचतमा सरलता ।
  • घरदैलो वचत तथा ऋण सेवा
  • धारा, बती टेलिफोन मोबाइल फोनको पैसा तिर्ने सुविधा ।
  • अधिकांश फाइनान्स र सहकारीहरु प्रयोग ल्याएको Infinity Core Banking Software को प्रयोगबाट लेखा व्यवस्थापन ।
  • स्थापनादेखि निरन्तर रुपमा नाफामा संचालीत भएको ।
  • औषधी उपचार खर्च व्यवस्था भएको।
  • रेमिट्यान्सको व्यवस्था भएको ।
  • Mobile Sms Banking को सम्पूर्ण सुबिधा। Banglamukhi Smart App
    जस अन्तर्गत Esewa wallet load र BANK TRANSFER, UTILITY PAYMENT, MISSED CALL गर्न सक्नु हुन्छ।

सदस्यता सम्बन्धी व्यवस्था

संस्थाको कार्यक्षेत्र , भक्तपुर र ललितपुर भित्र बसोबास गरिएको बसिन्दाहरुलाई निम्न प्रक्रिया पुयाई सदस्यता प्रदान गर्ने व्यवस्था गरिएको छ ।

बंगलामुखी बचत तथा ऋण सहकारी संस्था लिमिटेड

हाम्रा सेवाहरु

रेमिट्यान्स
रेमिट्यान्स

आइ एम इ मनि ट्रान्सफर जी. एम. इ. जापान मनि..

icon
कर्जा योजना
कर्जा योजना

लगानी शिर्षक प्रतिबर्ष ब्याजदर कर्मचारी कर्जा १६% घरेलु कर्जा १६%..

icon
बचत योजना
बचत योजना

बचत योजना नियमित बचत नियमित बचत संस्थाको शेयर सदस्यहरूको लागी..

icon

icon