Upload New Banner
ABOUT
बंगलमुखी बचत तथा ऋण सहकारी संस्था लिमिटेड सदस्यहरूको आर्थिक सशक्तिकरण, आत्मनिर्भरता र जीवनस्तर उकास्ने उद्देश्यका साथ वि.सं. २०६४ साल श्रावन १६ गते स्थापना गरिएको हो। सहकारी ऐन तथा नियमावलीको पालना गर्दै यो संस्था भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, बागमती प्रदेश मा विधिवत रूपमा दर्ता भई सञ्चालनमा आएको हो। स्थापनाकालमा सीमित सदस्य र स्रोत–साधनबाट सुरु गरिएको यस सहकारीले सहकार्य, पारदर्शिता र उत्तरदायित्वलाई मूल आधार मानेर आफ्नो सेवा विस्तार गर्दै आएको छ। प्रारम्भदेखि नै सदस्यहरूको बचत संकलन गरी सुलभ र भरपर्दो ऋण सेवा प्रदान गर्दै आर्थिक गतिविधिमा सहयोग पुर्याउँदै आएको छ। समयक्रमसँगै सहकारीप्रति सदस्यहरूको विश्वास बढ्दै गएको र संस्थागत व्यवस्थापन सुदृढ बन्दै गएको परिणामस्वरूप हाल यस संस्थामा ३,७०० भन्दा बढी सदस्यहरू आबद्ध भई विभिन्न बचत तथा ऋण सेवाबाट लाभान्वित भइरहेका छन्। बंगलमुखी बचत तथा ऋण सहकारी संस्था लिमिटेड को कार्यक्षेत्र भक्तपुर जिल्ला, ललितपुर जिल्ला तथा काठमाडौं महानगरपालिका भित्र विस्तार गरिएको छ। सदस्य–केन्द्रित सेवा, अनुशासित वित्तीय व्यवस्थापन र समुदायप्रतिको प्रतिबद्धताका कारण यो सहकारी एक विश्वासिलो तथा दिगो वित्तीय संस्थाका रूपमा स्थापित हुँदै आएको छ।
Messages/Commitment
सहकारी आन्दोलनको मूल भावना भनेको समानता, सहयोग र सामूहिक उत्तरदायित्व हो। हाम्रो सहकारी संस्थाले यी मूल्यहरूको पालना गर्दै प्रत्येक सदस्यको आर्थिक, सामाजिक र व्यक्तिगत समृद्धि हासिल गर्नका लागि निरन्तर काम गर्दै आएको छ। हाम्रो उद्देश्य भनेको तपाईंलाई वित्तीय सशक्तिकरण प्रदान गर्नु र हामी सामूहिक शक्ति र प्रयासबाट समृद्धि र विकासको नयाँ मार्ग खोल्नु हो।
READ MOREमोहन कृष्ण श्रेष्ठअध्यक्ष
सहकारी संस्था भनेको एउटा साझा उद्देश्य र सहयोगको माध्यम हो, जहाँ प्रत्येक सदस्यको भलाई र समृद्धिको लागि सबै एकमुष्ट भएर काम गर्छन्। हाम्रो सहकारी संस्थाले सधैं यही मूल भावना अन्तर्गत काम गर्दै आएको छ। हामीले आर्थिक, सामाजिक र शैक्षिक पक्षमा सदस्यहरूको सशक्तिकरण र समृद्धिका लागि अनगिन्ती पहल गरेका छौं।
READ MOREजगत कृष्ण श्रेष्ठप्रमुख कार्यकारी अधिकृत
Visual Highlights
Some Glimpses
OUR OFFICES
Head Office
Suryabinayak 2, Balkot, Bhaktapur
01-5211167, 01-5908704
10:00 AM - 5:00 PM
Thimi Branch
Madhyapur Thimi, Bhaktapur
01-5093244
10:00 AM - 4:00 PM
Gwarko Branch
Gwarko, Lalitpur
01-5201201, 01-5203074
10:00 AM - 5:00 PM
EMI CALCULATOR
ANY QUERIES ?
Have questions about our saving schemes or loan products? Feel free to reach out to us. Our team will get back to you as soon as possible.
!
We usually respond within 24 hours.